बिलखबिन्दमा मेरी आमा

आमा तिमि कति महान छ्यौं ।
अनगिन्ती सन्तानहरुलाई तिमीले संसार देखायौं ।

छोरी मात्र जन्माएर समाजमा अपहेलित भएकोबेला
तिम्रा छात्ति चिरा चिरा परे होलान्, मन छिया छिया भए होलान्
तिनै भाचिएको मनलाई बुझाउन तिमी कति वनपाखामा रोयौ होला ।

तिम्रो झुपडीमा छोरीहरुलाई माड् चटाउने एकमुठी चामल थिएन अरे
तिमी तिनै अभावबाट ग्रष्त भएको बेला,
तिमी सुत्केरीबाट तंग्रिने अवस्था पनि नहुँदा
आमा तिमी बिलखबन्दमा परेउ ।
हो आमा, मझेरीबाट उठ्न नसकेको तिम्रो जिर्ण शरीर देख्दा
तिमि अआफै बिलखबिन्दमा परेउ ।
पिडा सहँदै फेरी… उही घरको मझेरीमा,
छोरा जन्माएकोमा गर्व गर्दै तिमीले संसार जितेको अनुभूति गरेउ ।
अघाध खुशीले गद्गद् भयौ आमा, तिमी बल्ल आमा भयौ ।

छोराको लागि सर्वस्व सुम्पियौ, तर आमा…. ति अवोध छोरीहरुलाई
पोतेके गतिलो दाम्लोले घाँटीमा बाँध्न लगाएर अरुका हातमा जिम्मा लगायौ ।

सामाजिक विभेद, समाजको मनोविज्ञान, पुत्रप्रतिको मोह.. आदिको कारण
तिमीले पनि बुढेसकालको लौरो हो भनेर एक दुई पल्ट भनेकै हो ।
तर आमा तिमीले यो किन बुझिनौ, छोरो लौरो हो भने छोरी त्यही लौरी टेक्ने धरती हो । अनि… आमा तिमीले यो बुझ्दा फेरी बिलखबिन्दमा परेउ ।

आमा तिमी अहिले एक्ली भएकी छ्यौ रे , तिम्रा कुरा सुनिदिने बुवा पनि छैनन् अरे
छोराले मन अन्तै मोड्यो अरे । तिमी साच्चै बिलखबन्दमा छेउ ।

सुनेको थें, हिजो राती तिमी बिरामी परेउ अरे, ….२
ओछ्यान एक्लै छटपटाएउ अरे , तर ..
तर सँगैको कोठामा आराम गरीरहेकोे छोराले तिम्रो छटपटि नसुन्दा
साच्चै तिमी बिलखबन्दमा परेउ
आमा….. अब भ्रमलाई पालेर बस्ने बेला छैन
छोरी पनि गतिलो शहारा बनेका थुप्रै उदाहरणहरु आईसकेका छन्
आमा.. म तिमीलाई आस्ताका देवता मान्दछु,
त्यसैले आमा अब तिमी बिलखबिन्दमा नपर्नु
म छोरी पनि तिम्रो बरद सन्तान हुँ ।
आमा तिमि कति महान छ्यौं ।
अनगिन्ती सन्तानहरुलाई तिमीले संसार देखायौं ।
तर आज म छोरी जन्माएकै कारणले तिमी स्वयं विलखबन्दमा पर्यौ ।

आखीर छोरा पनि जन्माएकै थियौ ।
छोरा जन्माएकोमा गर्व गर्दै तिमीले संसार जितेको अनुभूति गरेकै थियौ ।
बल्ल आमा भएं भने अघाध खुशीले गद्गद् भएकै थियौ ।
तर पनि अहिले म छोरी जन्माएको कारणले तिमी बिलखबन्दमा पर्यौ ।

छोरी मात्र जन्माएर समाजमा अपहेलित भएको बेला
तिम्रा छात्ति कति चिरा परे होलान्, मन कति छिया छिया भए होलान्
तिनै भाचिएको मनलाई बुझाउन तिमी कति वनपाखामा रोयौ होला ।
तिम्रो झुपडिमा छोरीहरुलाई माड चटाउने एकमुठी चामल थिएन अरे
तिमी तिनै अभावबाट ग्रष्त भएको बेलामा पनि छोरी नै जन्माएं भनेर चाहिं
आमा तिमी अझै बिलखबन्दमा परेउ ।

आफ्नी यो अवोध छोरीलाई पोतेको गतिलो दाम्लोले घाँटीमा बाँध्न लगाएर अरुका हातमा जिम्मा लगायौ ।
सामाजिक विभेद, समाजको मनोविज्ञान, पुत्रप्रतिको मोह आदिको कारण
तिमीले पनि बुढेसकालको लौरो छोरो नै हो भनेर आरोप लगायौ
तर आमा तिमीले यो किन बुझिनौ, छोरो लौरो हो भने छोरी त्यही लौरी टेक्ने धरती हो
अनि।।। आमा तिमीले यहि कुरा बुझ्न नसक्दा फेरी बिलखबिन्दमा परेउ ।

आमा तिमी अहिले एक्ली भएकी छ्यौ रे , तिम्रा कुरा सुनिदिने बुवा पनि छैनन् अरे
छोराले मन अन्तै मोड्यो अरे ।
सुनेको थें, हिजो राती तिमी बिरामी परेउ अरे, ओछ्यानमा एकदमै छटपटायौ अरे
तर सँगै आराम गरेको छोराले तिम्रो छटपटि नसुन्दा
आमा आज सांच्चै तिमी बिलखबन्दमा परेउ

आमा अब भ्रमलाई पालेर बस्ने बेला छैन
छोरी पनि गतिलो शहारा बनेका थुप्रै उदाहरणहरु आईसके
आमा।। म तिमीलाई आस्ताका् देवता मान्दछु,
त्यसैले आमा अब तिमी बिलखबिन्दमा नपर्नु
म छोरी पनि तिम्रो बरद सन्तान हुँ ।
म छोरी पनि तिम्रो बुढेसकालको लौरो बन्न सक्छु ।
तिमी बांचुन्जेलको सास अनि आश बन्न सक्छु ।

Niru Shrestha