पुरुष अपराधि र म

आमा
मलाई जन्मदिदाको प्रशब पिडाले छटपटाइ रहेछौ।
दिदी
बम्बैको कोठिबाट मलाइ सरापिरहेछौ।
अनि प्रिया
मेरो झापडको पिडाले पिल्सिरहेछौ।
र म
एउटा छोरा,भाइ अनि श्रीमानको हैसियतलेस
थुक्क जिन्दगी!
हो आमा आफ्नै दिदिबहिनी जलाएको रापले सताउदै छ मलाइ।
अनि स मध्ये रातमा मातेर,
बिचरिलाइ बेतको लठ्ठिले मर्नेबेलासम्म पिटेको कुराले निचोर्दै छ।
अनि
तिम्रै शिरमा वसेर शरिरतिर भालाले हानेको कुराले खोप्दैछ।
म एउटा पुरुष ,अपराधी अनि प्रतिनिधि पात्र।
मेरो तिम्लाइ हेर्ने नजर फेरिएको छ,
सोच्ने तरिका फेरिएको छ।
मलाइ फेरि एक असल छोरा,भाइ अनि श्रीमानको रुपमा स्विकारिन्छ भने।
कसैलाइ भृकुटी कसैलाइ सीता अनि अनुराधा बन्न साथ दिनेछु।
जय आमा ,जय देश, जय पृया ,जय नेपाल।

प्रकाश पुडासैनी
शन्करदेब क्याम्पस।